Logo

अर्थ

वाणिज्य बैंकहरुको ११ महिनाको नाफा ५३ अर्ब ९७ करोड, कुनले कति कमाए?



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा २० वाणिज्य बैंकहरूले कुल ५३ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

जेठमसान्तसम्ममा गत आर्थिक वर्षको तुलनामा कुल नाफामा ४.९७ प्रतिशतको वृद्धि भएको छ । गत आर्थिक वर्ष सोहि अवधिमा वाणिज्य बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

नेपाल राष्ट्र बैंककाअनुसार यस अवधिमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । यस बैंकले ६ अर्ब ४० करोड रुपैयाँ नाफा कमाएकाे हाे ।

त्यस्तै, सर्वाधिक नाफा आर्जन गर्ने बैंकको दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकले ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा नाफा कमाउँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ कमाएको छ ।

त्यस्तै, एभरेष्ट बैंकले ४ अर्ब २४ करोड, नेपाल बैंकले ३ अर्ब ७ करोड, एनएमबि बैंकले ३ अर्ब ३ करोड, प्राइम कमर्सियल बैंकले २ अर्ब ९० करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ७२ करोड र लक्ष्मी सनराइज बैंकले २ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएका छन् ।

चालू आवको जेठ मसान्तसम्म प्रभु बैंकले २ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाउँदा सिद्धार्थ बैंकले २ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका छन् । राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २० करोड कमाउँदा सानिमा बैंकले २ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएका छन् ।

यस अवधिमा कृषि विकास बैंकले १ अर्ब ८१ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ५४ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ५० करोड, सिटिजन्स बैंकले १ अर्ब ४१ करोड, हिमालयन बैंकले ९० करोड ५३ लाख, एनआईसी एशिया बैंकले ८२ करोड ९७ लाख रुपैयाँ र कुमारी बैंकले ३७ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार १२:४७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।