काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन खुलेको छ । कम्पनीले १ बराबर १ अनुपात अर्थात् शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
जेठ २१ गतेसम्म कायम सेयरधनीले आफूसँग भएको सेयर संख्या बराबरकै लागि प्रतिकित्ता १ सयका दरले आवेदन दिन सक्नेछन् ।
बिक्री प्रवन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ । अनलाइन प्रणाली मेरो सेयरमार्फत लगानीकर्ताले आवेदन दिन सक्नेछन् । साउन १९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धकले जनाएको छ ।
हकप्रद सेयरबाट संकलित रकमबाट क्षतिग्रस्त हेवाखोला जलविद्युत् आयोजनाको पुननिर्माण गरिने र सोका लागि १ करोड ५८ लाख रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । हकदप्रद सेयरबाट कुल ५३ करोड ५८ लाख रुपैयाँ संकलन हुनेछ ।




















प्रतिक्रिया