काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा उद्योग तथा फर्मलाई साढे २ लाख रुपैयाँभन्दा बढी जरिबाना तिराएको छ ।
विभागको अनुगमन टोलीले सोमबार नियमित बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन विपरीत व्यापार–व्यवसाय गर्ने २ उद्योग तथा फर्मलाई २ लाख ५५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।
काठमाडौं महानगरपालिका–३२ मा रहेको स्वागत ट्रेडिङ प्रालिले एमआरपी नराखी वस्तु बिक्री गरेको पाइएपछि २ लाख ५ हजार रुपैयाँ जरिबाना गरिएको जनाएको छ । यसैगरी विभागको अनुगमन टोलीले काठमाडौं–२३ मा सञ्चालित सागर डिस्ट्रिब्युसन प्रालिलाई दर्ता र मूल्यसूची नराखेको भन्दै ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।




















प्रतिक्रिया