काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३४.४६ अंकले बढेर २७६० को विन्दुमा कायम भएको छ ।
आज २०९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३९ कम्पनीको मूल्य घटेको छ ।
आज ९ अर्ब ४१ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ५२ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.०८ प्रतिशतका दरले कमाएका हुन् । आज भगवती हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.६४ प्रतिशतका दरले गुमाएका छन् ।




















प्रतिक्रिया