Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३४.४६ अंकले बढेर २७६० को विन्दुमा कायम भएको छ ।

आज २०९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३९ कम्पनीको मूल्य घटेको छ ।

आज ९ अर्ब ४१ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ५२ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.०८ प्रतिशतका दरले कमाएका हुन् । आज भगवती हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.६४ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १५:१९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।