Logo

प्रमुख समाचार

 कानुन र संशोधनका विषय बजेटमा पटकपटक दोहोरिन्छन्, तर कार्यान्वयन हुँदैनन्



काठमाडौं । बजेट निर्माणका क्रममा एउटै विषय पटकपटक दोहोरिने तर कार्यान्वयन नहुने गरेको पाइएको छ। कानुन निर्माणदेखि अन्य विविध विषय धेरै पटक बजेटमा समेटिए पनि त्यसअनुसार काम नहुने र केवल बजेटमा सीमित हुने गरेका छन्।
गत वर्ष (०८१/८२) बजेटमा सरकारले आर्थिक सुधारका लागि प्रस्तुत गरेको रणनीतिअनुसार व्यवसायिक वातावरण सुधारका लागि कानुन संशोधनको विषय पनि समावेश थियो। अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा लगानीसम्बन्धी कानुन संशोधनको विषय थियो।
उक्त बजेटमा पाँच रणनीतिमध्ये एउटा सार्वजनिक प्रशासन सुधारको विषय पनि थियो। सार्वजनिक उत्तरदायित्व र स्वार्थको द्वन्दसम्बन्धी कानुन तर्जुमान गरिने बजेटमा उल्लेख थियो भने आगमी वर्षको बजेटमा पनि यो विषय समेटिएको छ।
आर्थिक वर्ष ०७८/७९ को बजेटमा पनि सरकारले उत्पादनमूलक र निर्यातजन्य उद्योगमा वैदेशिक लगानी एवम् गैरआवसीय नेपालीको लगानी भिœयाउने गरी लगानीसम्बन्धी कानुन तथा प्रक्रियामा सुधार गर्ने उल्लेख गरेको थियो। यो प्रतिबद्धता हालसम्म पनि कायमै छ। पछिल्लो पटकको बजेटमा पनि यो विषय समावेश छ।
आव ०७८/७९ मै प्रदेश र स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि कानुन निर्माण गरिने उल्लेख थियो। आयोजना सञ्चालनमा एकीकृत कानुनको अभाव र अन्तरनिकाय समन्वय तथा ठेक्का व्यवस्थापन र सुशासनमा समस्या रहेको निष्कर्ष तत्कालीन सरकारको थियो। यसैगरी बुँदा नं. ३७६ मा भनिएको छ, ‘आयोजनाको निर्माण तोकिएको समय र लागतभित्रै सम्पादन हुनेगरी एकीकृत अवधारणामा कार्यान्वयन गर्नेगरी अलग्गै विकाससम्बन्धी कानुन तर्जुमा गरिनेछ।’

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार १९:५६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।