Logo

पोर्चुगल एन्डोरालाई ७-० गाेल अन्तरले पराजित



अन्तर्राष्ट्रिय मैत्रीपूर्ण पूर्ण खेलमा पोर्चुगलले एन्डोरामाथि सानदार जित निकालेकाे छ । गएराति घरेलु मैदानमा भएको खेलमा पोर्चुगल एन्डोरालाई ७-० गाेल अन्तरले पराजित गरकाे हाे ।

पहिलाे हाफमा २ गाेल गरेकाे पोर्चुगलले दाेस्राे हाफमा ५ गाेल गर्याे । प्रशिक्षक फर्नान्डो सान्तोषले कप्तान क्रिस्टियानो रोनाल्डोलाई दोस्रो हाफमा उतारेको थियाे ।

पोर्चुगललाई सानदार जित दिलाउनकाे लागि पाउलिन्होले २, गाेल गरे भने  रोनाल्डो, जोआओ फेलिक्स, पेड्रो नेटो र रेनाटो सान्चेसले १-१ गोल गरे । एक गोल भने आत्मघाती भएको थियो ।

पोर्चुगललाई पहिलो हाफको आठौं मिनेटमा पेड्रो नेटोले अग्रता दिलाए । उनले सर्जियो ओलिभिएरको पासमा गोल गरेका थिए ।२९ औं मिनेटमा पाउलिन्होले अग्रता दोब्बर पारे । नेल्सन सेमेडोको पास सदुपयोग गर्दै उनले पोर्चुगललाई पहिलो हाफमा २-० ले अघि बढाए ।

दोस्रो हाफमा प्रशिक्षक सान्तोषले नेटोको स्थानमा रोनाल्डोलाई मैदान प्रवेश गराएका थिए । रोनाल्डोले दोस्रो हाफमा आफ्नो प्रभाव देखाउँदै फराकिलो जिततर्फ अग्रसर गराए ।

रोनाल्डोकै पासमा ५६ औं मिनेटमा रेनाटो सान्चेसले गोल गरेपछि पोर्चुगल सहज जिततर्फ उन्मुक भएको थियो । ६१ औं मिनेटमा पाउलिन्होले मारिओ रुइको पासमा व्यक्तिगत दोस्रो गोल गरे । ७६ औं मिनेटमा एन्डोराका गार्सियाले आत्मघाती गोल गरेपछि पोर्चुगल ५-० ले अघि बढ्यो ।

रोनाल्डोले ८५ औं मिनेटमा गोल गर्दै पोर्चुगलको आधा दर्जन गोल पूरा गरे । उनले पनि मारियोकै पासको सदुपयोग गरे । दुई मिनेट समय बाँकी रहँदा सिकेराको पासमा जोआओ फेलिक्सले गोल गर्दै ७-० को जित पक्का गरे ।

 

प्रकाशित : २७ कार्तिक २०७७, बिहिबार