Logo

प्रमुख समाचार

ज्वाला संग्रौलाको निवेदनमा दुर्गा प्रसाईंविरुद्धको मुद्दा खारेज



काठमाडौं । ज्वाला संग्रौलाको निवेदनमा नेपाल सरकारका तर्फबाट दुर्गा प्रसाईंविरुद्ध हालिएको मुद्दा खारेज भएको छ ।

काठमाडौं जिल्ला अदालतले शुक्रबार उक्त मुद्दा खारेज हुने फैसला गरेको हो ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मुद्दा खारेज हुने फैसला गरेको हो ।

युवा संघका नेता रोशन सुवेदीले जथाभावी सामाजिक सञ्जालमा बोलेको भन्दै मुद्दा हालेका थिए भने संग्रौलाको उजुरीमा साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनले जिल्ला सरकारी वकिलले मुद्दा दायर गरेका थिए ।

दुवै मुद्दामा जिल्ला अदालतले अभियोग दाबी नपुग्ने फैसला गरिदिएको हो । गत असार ३२ मा नै फैसला भएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार २१:५६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।