Logo

गण्डकी प्रदेश

कास्की प्रहरीले वर्षभरिमा समात्यो ८ सय ४ जना फरार प्रतिवादी



पोखरा । कास्की प्रहरीले वर्षभरिमा ८ सय भन्दा बढी प्रतिवादी पक्राउ गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ८ सय ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाएको प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

उनका अनुसार अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरूलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको थियो ।

पक्राउ पर्नेमा ६ सय ४ जना पुरुष र २ सय जना महिला छन् ।उनीहरू सबैको कैद जोड्दा ६१ वर्ष २ महिना १५ दिन हुन्छ ।

त्यसबाहेक १० करोड १२ लाख १ हजार ३ सय ७१ रुपैयाँ जरिवाना असुलउपर गर्नका लागि अदालतमा उपस्थित गराइएको ओलियाले बताए ।

अदालतबाट दोषी ठहर भएर पनि लामो समयदेखि फरार रहँदै आएका व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिइएको सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार ०७:४९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।