Logo

धर्म / संस्कृति

आज साउनको पहिलो सोमबारः पशुपति लगायत देशभरका शिवालयहरुमा श्रद्धालुको भिड



काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । शुपतिनाथ लगायत देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको छ ।

साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

यही विश्वासका साथ साउनमा परेका सोमबार भगवान् शिवको पूजाअर्चना र उपवास बस्ने परम्परा छ । त्यसैले श्रद्धालु शिवालय पुगी पूजाआराधना गर्छन् ।

यो वर्ष पनि साउनको पहिलो सोमबार बिहानैदेखि पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको शिरेश्वर र कलानेश्वर लगायत शिवालयहरुमा पनि पूजापाठ गर्नेहरुको घुइँचो लागेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार ०८:४६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।