Logo

प्रमुख समाचार

‘डार्क फाइल’लाई अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिना पक्राउ



काठमाडौं । नक्कली अडियो बनाएर सिधाकुरा अनलाइन मिडियालाई उपलब्ध गराउने राजकुमार तिमिल्सिना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले आइतबार (साउन ४) साँझ उनलाई पक्राउ गरेको कोसी प्रदेश प्रहरी प्रमुख एवं डीआईजी ईश्वर कार्कीले जानकारी दिए ।

राजकुमारलाई सर्वोच्च अदालतले ६ महिना कैद सजाय तोकेको थियो । सोही प्रकरणमा सर्वोच्चले गएको असोज १३ गते सिधाकुरा अनलाइनका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई अदालतको अवहेलना कसुरमा दोषी ठहर गर्दै तीन महिना कैद सजाय तोकेको थियो । तर, उनीहरूले क्षमायाचना गरेपछि सात दिन मात्र जेल बसेर छुटेका थिए । तिमिल्सिना भने फरार थिए ।

 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार १५:५४   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।