काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको सबैभन्दा लोकप्रिय नेता बनेका छन् ।
बिजनेस इन्टेलिजेन्स कम्पनी मर्निङ कन्सल्टले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार भारतीय प्रधानमन्त्री मोदीले ७५ प्रतिशत जनताको अनुमोदन मूल्याङ्कन पाएर बिश्वकै सवैभन्दा लोकप्रिय नेताको सूचीमा फेरि एकपटक आफ्नो नाम दर्ज गराएका छन् ।
यो सर्वेक्षण ४ देखि १० जुलाईको बीचमा गरिएको प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा २० भन्दा बढी देशका नेताहरू समावेश गरिएका थियो । सर्वेक्षणले मोदीपछि दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङ दोस्रो स्थानमा देखाएको छ । उहनि ५९ प्रतिशत अनुमोदन मूल्याङ्कनका साथ दोस्रो स्थानमा छन् । उनिले दक्षिण कोरियाको सर्वोच्च पद ग्रहण गरेको एक महिना मात्र भएको छ ।
यस्तै अर्जेन्टिनाका राष्ट्रपति जेभियर मेली यस सूचीमा तेस्रो स्थानमा रहेका छन्। उनिको पक्षमा ५७ प्रतिशत मत परेको छ भने ३७ प्रतिशत सहभागीहरूले उनलाई अस्वीकार गरेका छन । ६ प्रतिशतले भने कुनै राय नदिएको प्रतिवेदनमा जनाइएको छ ।
सर्वेक्षणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आठौं स्थानमा देखिएका छन् । सबैभन्दा कम लोकप्रिय नेताहरूमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र चेक गणराज्यका प्रधानमन्त्री पेट्र फियाला परेका छन् ।
उहाँहरुले १८ प्रतिशत जनताको समर्थन पाएका छन् भने ७४ प्रतिशत जनता असन्तुष्ट रहेको प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणअनुसार इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी १०औं स्थानमा छन् ।



















प्रतिक्रिया