गए अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियमले स्वीट्जरल्याण्डलाई २-१ ले पराजित गरेको छ । मिची बातसुईले दोस्रो हाफमा दुई गोल गरेपछि बेल्जियमले स्वीट्जरल्याण्ड विरुद्ध २-१ को पुनरागमन जित दर्ता गरेको हो ।
खेलको १२औं मिनेटमा एडमिर मेहमेदीले गोल गर्दै स्वीट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा बेल्जियम विरुद्ध अग्रता कायम राखेको स्वीस टोलीले दोस्रो हाफमा लय कायम राख्न नसक्दा पराजित हुन पुग्यो ।
४९औ मिनेटमा बात्सुईले बेल्जियमका लागि बराबरी गोल फर्काए । त्यस्तै खेलको ७१औं मिनेटमा बात्सुईले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई २-१ को जित दिलाए ।





















प्रतिक्रिया