Logo

अर्थ

माछापुच्छ्रे क्यापिटलले ५ प्रतिशत नगद लाभांश दिने



काठमाडाैं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले रु १ करोड ४३ लाख १६ हजार ९७५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले लाभांश प्रस्ताव पारित गर्नका लागि भदौ ६ गते, काठमाडौंको बालुवाटारमा दिउँसो १२:३० बजे छैठौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, तथा असार मसान्तसम्मको वित्तीय विवरण पारित गरिने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार १०:५७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।