काठमाडौं । शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । छापावाल सुन तोलामा ५०० रुपैयाँ घटेर कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
शुक्रबार छापावाल सुन तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । बिहीबार भने तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा २ हजार २७० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




















प्रतिक्रिया