Logo

धेरै दिनपछि घट्यो सुनको मूल्य 



आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, बिहीबार तेजावी सुनको मूल्य पनि तोलाको २ सय रुपैयाँले नै घटेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार पनि चाँदी प्रतितोला एक हजार २ सय २० रूपैयाँमा नै कारोबार भइरहेको छ । 

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार ११:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।