काठमाडौं । एएफसी यू–२० एसियन महिला कप छनोटमा नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ । बुधबार भुटानको थिम्पुस्थित चिम्लिङथाङ रंगशालामा दुवै टिमले एक–एक गोल गरेर बराबरी खेलेका हुन् ।
नेपालका निम्ति फरवार्ड सेनु परियारले पहिलो मिनेटमै अग्रता दिलाएकी थिइन् । तर, पहिलो हाफको मध्यभागमै नेपालले अग्रता गुमायो । १९औँ मिनेटमा केल्जिन वाङमोले भुटानको निम्ति बराबरी गोल फर्काएकी थिइन् ।
दोस्रो हाफमा दुवै टिमको गोलको अवसर पाए पनि सदुयोग गर्न सकेनन् ।
समूहमा नेपालसँगै दक्षिण कोरिया, भुटान र साउदी अरेबिया छन् । छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आउँदो वर्ष आयोजना गरिने एएफसी यू–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ ।
आजै समूह ‘ए’ अन्तर्गत दक्षिण कोरियाले साउदी अरेबियाविरुद्ध १५–० को फराकिलो जित निकालेको छ । जितबाट दक्षिण कोरिया अंक तालिकाको शीर्ष स्थानमा छ ।




















प्रतिक्रिया