Logo

अर्थ

कामना सेवा विकास बैंक र महेन्द्र नारायण निधि मेमोरियल हस्पिटलबीच सम्झौता



काठमाडाैं । कामना सेवा विकास बैंकले काठमाण्डौ बसुन्धारास्थित महेन्द्र नारायण निधी मेमोरियल अस्पतालसँग सेवाशुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध भएकाहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

उक्त छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाण्डौ क्षेत्र प्रमुख केदारनाथ शर्मा र महेन्द्र नारायण निधी मेमोरियल अस्पतालका अध्यक्ष कपिल ज्ञवालीले हस्ताक्षर गरे ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार १४:५८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।