Logo

कर्पोरेट फोकस

झन्डै ५० प्रतिशतले बढ्यो कृषि विकास बैंकको नाफा, लाभांश क्षमता हालसम्मकै उच्च



काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार बैंकले आफ्नो इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी नाफा आर्जन गर्दै उत्कृष्ट प्रदर्शन देखाएको छ।

वित्तीय विवरण अनुसार गत आवको चौथो त्रैमासमा बैंकले ४ अर्ब १५ करोड ४४ लाख खुद मुनाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख खुद मुनाफा आर्जन गरेको थियो। जुन गत आवको तुलनामा ४३.३८ प्रतिशतले बढी हो। यो नाफा कृषि विकास बैंकको आफ्नो इतिहासमै अहिलेसम्मकै बढी हो।

निष्क्रिय  कर्जा रकम उठाउन  बैंक व्यवस्थापन सफल देखिएसँगै बैंकको इम्पेयरमेन्ट चार्ज घटेको देखिन्छ भने प्रोभिजन राईट ब्याक हुँदा बढेको नाफाको प्रभावले लाभांश क्षमता बढाएको छ ।

त्यस्तै, बैंकको संचालन मुनाफा पनि अघिल्लो बर्षको तुलनामा उल्लेख्य बढेको छ। सञ्चालन मुनाफामा उल्लेख्य वृद्धि हुँदा खुद नाफा पनि बढेको हो । अघिल्लो आवमा ९ अर्ब ७६ करोड रहेको सञ्चालन मुनाफा यो वर्ष बढेर ११ अर्ब ८९ करोड पुगेको छ भने खुद व्याज आम्दानी ९ अर्ब ८२ करोड रहेको छ ।

बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड पुगेको छ । जस अनुसार बैंकले हालसम्मकै उच्च लाभांश क्षमता राख्दछ । यस अवधिमा बैंकको लाभांश क्षमता १८.५३ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ३.२६ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको एनपीएल ३.९१ प्रतिशत थियो।

बैंकले गत आवमा २ खर्ब ९३ अर्ब ५७ करोड निक्षेप सङ्कलन गर्न सफल भएको छ भने २ खर्ब १३ अर्ब २ करोड कर्जा लगानी गरेको छ । समिक्षा अवधिसम्ममा बैंकको कुल सम्पत्ति ३ खर्ब ६२ अर्ब ५० करोड पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५६ पैसाबाट बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा रहेको बैंकको स्प्रेडडर ३.९६ प्रतिशत छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार २०:०४   :  बजे

366
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।