Logo

प्रमुख समाचार

उत्तराखण्डको बाढीमा हराइरहेका २६ नेपालीको नाम सार्वजनिक



 

काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशी र पौडी गढवालको बाढी र पहिरोमा हराइरहेका नेपालीको विवरण सार्वजनिक गरिएको छ ।

भातरस्थित नेपाली दूतावासले नेपालीको नाम सार्वजनिक गरेको छ । जसमा २६ नेपाली छन् । दूतावासले उत्तरकाशीमा २१ र पौडी गढवालमा ५ नेपाली हराइरहेको सूची सार्वजनिक गरेको छ ।

उत्तराखण्डको उत्तरकाशी जिल्ला र पौडी गढवाल जिल्लामा क्रमशः ५ र ६ अगष्ट आएको बाढी र पहिरोमा परेर नपालीहरू हराइरहेका दूतावासले जनाएको छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार ०७:५२   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।