Logo

खेलकुद

नेपालमा दुई ओलम्पिक कमिटी, नयाँ तदर्थ समितिको नेतृत्वमा ध्रुव प्रधान



काठमाडौं । नेपाल ओलम्पिक कमिटीमा आबद्ध संघहरूले तदर्थ समिति चयन गरेसँगै नेपालमा दुई वटा ओलम्पिक कमिटी (एनओसी) बनेको छ ।

मंगलबार बेलुका एनओसीमा आबद्ध २३ संघहरूको अध्यक्ष, महासचिव तथा पदाधिकारीहरूको बैठकले वर्तमान मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा नौ सदस्यीय नयाँ कमिटी गठन गरिएको उल्लेख छ ।

जसको प्रवक्ता रहेका समीम मियाँ अन्सारीले नेपाल ओलम्पिक कमिटीकै लेटरहेट प्रयोग गरेका छन् । ओलम्पिक कमिटीकै लेटरहेडमा आएको उक्त विज्ञप्तिमा समितिले तत्कालैदेखि कार्य सुरु गरेको समेत जनाइएको छ ।

पछिल्लो समय युवा तथा खेलकुद मन्त्रालय र ओलम्पिक कमिटीबीच रहेको टकराबका कारण सातदाबोटोस्थित एनओसी कार्यालयमा लामो समयदेखि ताला लागेको छ ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले अदालतको आदेशलाई नजरअन्दाज गर्दै चुनावी साधारणबाट आफू निर्वाचित भएको मन्त्रालयको आरोप छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार २२:४६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।