Logo

दैलोबाट फुत्त हेलिकप्टरमा सुट्ट , बालुवाटारभित्रै हेलिप्याड



प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गराएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विहीबार नागरिक उड्डयन प्राधिकरणकाे मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएकाे जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यू नेपाली सेनाकाे हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा हिजाे २०७७ साल कात्तिक २६ गते नवनिर्मित हेलिप्याडबाट नै पहिलाे उडान गरिएकाे थियाे,’ थापाले भने, ‘साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएकाे थियाे ।’

उनले बालुवाटारमा हेलिप्याड बनाउँदा प्रधानमन्त्रीको समय बचत हुने स्पष्ट पारे । ‘यसबाट अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान-आउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन ।’

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार १२:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।