Logo

प्रमुख समाचार

अब इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न चार अस्पताल सूचीकरण



श्रम मन्त्रालयले इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि चार स्वास्थ्य संस्था सूचीकृत गरेको छ।  उच्च अदालत पाटनको आदेशअनुसार विज्ञ समितिको सिफारिसमा यी स्वास्थ्य संस्थाहरू छानिएका हुन्।

सूचीकरणमा स्टार हस्पिटल, ह्याम्स अस्पताल लगायतका स्वास्थ्य संस्थाहरू छन्, तर नेपाल मेडिसिटीको प्रक्रिया स्थगित गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल जान चाहने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि चार वटा स्वास्थ्य संस्थालाई सूचीकरण गरेको छ ।

उच्च अदालत पाटनको उत्प्रेषण परमादेश आदेशअनुसार विज्ञ समितिको सिफारिसका आधारमा चारवटा स्वास्थ्य संस्था सूचीकरण गरिएको मन्त्रालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । सूचीकरणमा परेका स्वास्थ्य संस्थाहरुमा स्टार हस्पिटल, ह्याम्स अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र किष्टल डायग्नोष्टिक प्रालि छन् ।

नेपाल मेडिसिटी हस्पिटलको भने हाललाई सूचीकरण प्रक्रिया स्थगन गरिएको मन्त्रालयले जनाएको छ । उच्च अदालत पाटनले वैदेशिक रोजगारीका लागि इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि पाँच वटा स्वास्थ्य संस्थालाई सूचीकरण गर्न परमादेश आदेश दिएको थियो । आदेशअनुरूप मन्त्रालयले चार संस्थालाई मात्र सूचीकरण गरी एक संस्थाको प्रक्रिया स्थगन गरिएको जानकारी दिएको हो ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार ०७:४४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।