Logo

सुरक्षा/अपराध

स्याङ्जामा जबरजस्ति करणी गर्ने पक्राउ



स्याङ्जामा १९ वर्षीया महिलालाई जबरजस्ती करणी  गरेको अभियोगमा अर्जुनचौपारी गाउँपालिका-३ गहते बस्ने २७ वर्षीय खेम बहादुर नेपालीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

खेम बहादुरले ती महिलालाई सोमबार राति घरमै सुतीरहेको अवस्थामा जबरजस्ती करणी गर्ने प्रयास गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

खेम बहादुरलाई जबरजस्ती करणी  मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।  

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार १३:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।