स्याङ्जामा १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनचौपारी गाउँपालिका-३ गहते बस्ने २७ वर्षीय खेम बहादुर नेपालीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
खेम बहादुरले ती महिलालाई सोमबार राति घरमै सुतीरहेको अवस्थामा जबरजस्ती करणी गर्ने प्रयास गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
खेम बहादुरलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।





















प्रतिक्रिया