Logo

मधेश प्रदेश

रौतहटमा चक्कु प्रहारबाट २१ वर्षीय युवक साहबुदिन मियाँको मृत्यु



रौतहट । रौतहटको यमुनामाई गाउँपालिका–५, फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको चक्कु प्रहारबाट मृत्यु भएको छ ।

बुधबार अपराह्न ३ बजेतिर गौर नगरपालिका–३ का सोनु भन्ने सनोज रामसँग वादविवाद भई चक्कु प्रहार गर्दा मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गौर नगरपालिका–८, बाँसघारीमा गाँजा सेवन गर्ने क्रममा बादविवाद हुँदा रामले एक्कासि चक्कु प्रहार गर्दा मियाँको पेट, टाउको, छाती र खुट्टामा गहिरो चोट लागेको थियो ।

गम्भीर घाइते भएका मियाँलाई उपचारका क्रममा प्रादेशिक अस्पताल गौर पुर्‍याउँदा मृत घोषणा गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रविक्रम गिरीले जानकारी दिए ।

लागुऔषध सेवन गरी चक्कु प्रहार गरेको अभियोगमा रामलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ ।

 

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार २२:३०   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।