Logo

प्रमुख समाचार

काठमाडौंस्थित गौरीघाट क्षेत्रमा जलसतह सतर्कता तह पार



काठमाडौं । काठमाडौंस्थित गौरीघाट क्षेत्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बुधबार साँझ गौरीघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जलसतह बढ्दो क्रममा छ । नदी तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“भदौ ११ गते, साँझ ६:०० बजे । काठमाडौं जिल्लास्थित गौरीघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले, नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ, विभागले जारी गरेकाे सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार २१:४८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।