कैलाली । कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएका चार जना बालकको परिचय खुलेको छ ।
बिहीबार दिउँसो गोदावरी नगरपालिका– ९ सेहरी स्थिति खुटिया नदीमा धनगढीबाट सात जना साथीहरूको ग्रुपमा नुहाउन गएका किशोहरु मध्ये चार जना नदीमा डुबेका थिए ।
पछि उनीहरू मृत फेला परे। मृत्यु हुनेमा धनगढी– उपमहानगरपालिका–५ तारानगरका १७ बर्षका सक्षम जोशी, धनगढी – उपमहानगरपालिका –४ का १५ वर्षीय जेव भण्डारी, सोही ठाउँको १५ वर्षीय जावेज भण्डारी, १७ वर्षीय प्रतीक चौधरी रहेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू त्यहाँ नुहाउन गएका थिए। उनीहरूको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
बेपत्ता बालकहरुको सुरक्षाकर्मीको उद्धार टोली शव फेला पारेका थिए।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



















प्रतिक्रिया