भक्तपुर । चाँगुनारायण नगरपालिका–१, बेँसीमा मनोहरा खोलाले कटान गरी बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा परेका छन् ।
बाढीको जोखिम बढेपछि मनोहरा खोलाको बहाव फर्काउने काम गरिएको चाँगुनारायण–१ वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए । लगातार परेको वर्षाका कारण मनोहरा खोलाको बहाब बढेर बस्तीतर्फ आएर बस्ती नै जोखिममा परेपछि बहाव फर्काउने काम गरिएको उनले बताए ।
चाँगुनारायण–१, बेँसी र कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानीकाे समन्वयमा अस्थायी रूपमा खोला फर्काएर बस्ती जोगाउने प्रयास गरिएको हो । उक्त समस्या स्थायी रूपमा समाधान गर्न तीनवटै नगरपालिकाबीच समन्वय गरिने उनले बताए ।
चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीले मनोहरा करिडोर निर्माण गरी स्थायी समस्या समाधान गर्न बजेट व्यवस्थापनको पहल भइरहेको जानकारी दिए । बाढीले चाँगुनारायण–१, दुवाकोटतर्फको जमिन कटान गरेको छ । मनोहरा खोलामा बन्दै गरेको पुलसम्म जाने सडक पनि खोलाले बगाएको छ । बस्तीनजिक खोला आइपुगेपछि स्थानीय त्रसित भएका छन् । रासस




















प्रतिक्रिया