Logo

प्रमुख समाचार

पशुपतिमा शवको हड्डी किनबेच प्रकरण: चार आरोपी धरौटीमा रिहा



काठमाडौं । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी निकालेर किनबेच गरेको आरोपमा पक्राउ परेका चार जना धरौटीमा रिहा भएका छन् ।

सर्लाहीको लालबन्दी नगरपालिका–२ घर भएका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेको मण्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद भनिने जीवनाथ ढकाल, उदयपुरको कटारी नगरपालिका–८ का २४ वर्षीय विनायक मैनाली र सप्तरीको बलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादव धरौटीमा रिहा भएका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलाले जनही १० हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि उनीहरु धरौटीमा रिहा भएका हुन् ।

२३ साउनमा राम शाहीको शव सद्गद गर्ने क्रममा अर्धजलेको शवबाट टाउकाको हड्डी निकालेर बिक्री गरेको आरोपमा उनीहरूमाथि धर्मसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार १७:०२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।