काठमाडौं । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी निकालेर किनबेच गरेको आरोपमा पक्राउ परेका चार जना धरौटीमा रिहा भएका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिका–२ घर भएका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेको मण्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद भनिने जीवनाथ ढकाल, उदयपुरको कटारी नगरपालिका–८ का २४ वर्षीय विनायक मैनाली र सप्तरीको बलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादव धरौटीमा रिहा भएका हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलाले जनही १० हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि उनीहरु धरौटीमा रिहा भएका हुन् ।
२३ साउनमा राम शाहीको शव सद्गद गर्ने क्रममा अर्धजलेको शवबाट टाउकाको हड्डी निकालेर बिक्री गरेको आरोपमा उनीहरूमाथि धर्मसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।




















प्रतिक्रिया