Logo

खेलकुद

साफ यू–१७ महिला च्याम्पियनसिप: पहिलो हाफमा नेपाल ३–० ले पछाडी



काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा भारतसँगको दोस्रो खेलको पहिलो हाफमा नेपाल ३–० ले पछि परेको छ ।

शुक्रबार भुटानको चिङलिमिथाङ रंगशालामा पाँचौँ मिनेटमा टोलीकी निरा चानु लोंजाङले भारतलाई अग्रता दिलाइन् ।

१५औँ मिनेटमा टोलीकी पियर्ल फर्नान्डेजले अग्रतालाई दोब्बर बनाइन् । ४२औँ मिनेटमा उनै फर्नान्डेजले दोहोरो गोल गर्दै अग्रतालाई ३–० को अवस्थामा पुर्‍याइन् ।

नेपाल यसअघि प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७–० ले पारजित भएको थियो । प्रतियोगितामा भारत शीर्ष स्थानमा छ ।

चार खेल खेल्दा शतप्रतिशत जित हात पारेको भारतले १२ अंक जोडेको छ । बंगलादेश नौ अंकका साथ दोस्रो स्थानमा छ ।

चार खेलमा एक जित र तीन हार बेहोरेको नेपाल तीन अंकका साथ तेस्रो स्थानमा छ । हालसम्म पनि जितविहीन घरेलु टोली भुटानले एक बराबरी र तीन हारसहित एक अंक जोडेको छ ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान छ । डबल राउन्ड रोबिन पद्धतिअनुसार सञ्चालित प्रतियोगिताको उपाधि शीर्ष टोलीले उपाधि उचाल्नेछ ।

गत बुधबार बंगलादेशसँगको हारबाटै उपाधि होडबाट बाहिरिसकेको नेपालले अब भुटानसँग भदौ १५ गते अन्तिम खेल खेल्दै लिगको अन्त्य गर्नेछ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार २०:३४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।