वीरगन्ज । पर्सा जिल्ला अदालतबाट किरण साह धरौटीमा रिहा भएकी छन् । बिहीबार जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले साहलाई ५ हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो ।
पाँच दिन हिरासतमा रहेकी साह धरौटी बुझाएपछि रिहा हुनेछिन् । खानेपानी मन्त्री प्रदीप यादवसँगकाे विवादपछि उनीमाथि तीन वटा मुद्दा दर्ता भएको थियो ।




















प्रतिक्रिया