काठमाडौं । सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले व्यक्तिगत तथा पारिवारिक कारण देखाउँदै राजीनामा दिएका छन् । सूचना प्रविधि प्राविधिक समूहका सहसचिवको रूपमा विभागको नेतृत्व गरिरहेका उनले राजीनामा दिएको मन्त्रालयको प्रशासन तथा योजना महाशाखाका प्रमुख कोशहरि निरौलाले बताए ।
अधिकारीहरूका अनुसार दुई वर्षको ‘कुलिङ पिरियड’ लाग्ने जोखिमलाई मध्यनजर गर्दै उनले अहिल्यै पदबाट हट्ने निर्णय गरेका हुन सक्छन् ।





















प्रतिक्रिया