Logo

प्रमुख समाचार

बालिकालाई ठक्कर दिने मन्त्रीको गाडीका चालक छुटे, मन्त्रीले उपचार खर्च र २५ हजार क्षतिपूर्ति दिए



काठमाडौं । कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका चालक चन्द्रनारायण चौधरी छुटेका छन् । चौधरीले चलाएको गाडीले शनिबारहरिसिद्धी-गोदावरी सडकमा ११ वर्षीष बालिकालाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीकाअनुसार उक्त गाडीका चालक चन्द्रनारायण चौधरी शनिबार आफैँ प्रहरीमा उपस्थित भए । त्यसलगत्तै मन्त्री राना आफैँ ११ वर्षीया घाइतेलाई भेट्न ग्वार्कोस्थित बीएण्डबी अस्पताल पुगेका थिए ।

एसएसपी अधिकारीका अनुसार मन्त्री रानाले बालिकाको सम्पूर्ण उपचार खर्च र औषधिको बील तिरेर थप २५ हजार रूपैयाँ क्षतिपूर्ति दिएका छन् । यसबाहेक थप उपचार गर्नुपर्ने भएमा फेरि पनि जिम्मेवारीबाट नपन्छिने प्रतिबद्धता मन्त्री रानाले व्यक्त गरेपछि घाइते र मन्त्रीपक्षबीच शनिबार बेलुकी नै मिलापत्र भएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १३:५८   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।