Logo

प्रमुख समाचार

‘जेनजी’को प्रदर्शनलाई बालेनले दिए समर्थन



काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पनि समर्थन जनाएका छन् ।

जेनजीले सोमबार (भदौ २३) बिहान काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन आयोजना गरेका छन् । नेपालमा सामाजिक सञ्जाल निष्क्रिय गरिएको विरोधमा प्रदर्शन आयोजना गरिएको हो ।

उमेर हदबन्दीका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

जेनजीको प्रदर्शनमा स्वार्थपूर्ण रूपमा अरू व्यक्तिको सहभागिता हुन नहुनेमा उनले जोड दिएका छन् । “…भोलि यो स्वतःस्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला,” उनले फेसबुकमा लेखेका छन्, “म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ । मेरो भरपुर समर्थन छ ।”

 

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १६:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।