Logo

प्रमुख समाचार

लमजुङको राइनास पुगेर प्रचण्डले भने: जनतासँग टुटेको कडीलाई पुनः जोड्न आयौँ



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानले मुलुकभर व्यापक उत्साह र आशा जगाइरहेको बताएका छन् ।

आइतबार (भदौ २२) लमजुङको राइनास नगरपालिका पुगेका उनले अभियान वर्षाका कारण यसअघि केही समय स्थगन गरिएको उल्लेख गरे । अभियानमा अपेक्षाभन्दा बढी उत्साहप्रद जनसहभागिताले पार्टीप्रति मात्र नभई जनतामाझ पनि नयाँ ऊर्जा थपिएको बताए ।

उनले विगतमा हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग अभियानका क्रममा जनतासँग प्रत्यक्ष संवाद गर्दै सहिद परिवारको घरमा बसेर उनीहरूका पीडा र अनुभव सुनिएको बताए ।

उनले भने, “हामी हाम्रो वर्ग, हाम्रो विचार र जनतासँग टुटेको कडीलाई पुनः जोड्न आएका हौँ ।”

अभियानका क्रममा नेपाली कांग्रेस वा नेकपा (एमाले)का स्थानीय जनप्रतिनिधिले समेत स्वागत र सहयोग गरेका उनले बताए ।

“ठूला नेताप्रति मन पर्ने/नपर्ने जे भए पनि जनप्रतिनिधिहरूले माओवादी नेतृत्वलाई देशको समस्या समाधान गर्न सक्ने शक्ति भनेर स्वीकार गरेका छन् । यही कारण यो अभियान अब सिंगो राष्ट्रकै अभियान बनेको छ,” उनले भने ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार २१:०५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।