काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी (Gen Z) युवाहरूले माइतीघर मण्डलामा गरेको शान्तिपूर्ण प्रदर्शनमा सहभागीहरूको संख्या बढ्दो छ ।
भ्रष्टाचार, अव्यवस्था र अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुशविरुद्ध आयोजित प्रदर्शनमा राष्ट्रिय झण्डा र नारा लेखिएका प्लेकार्डसहित युवाहरू सहभागी भएका छन् ।
उनीहरूले ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ लगायत नारा दिएका छन् । स्कुल–कलेज ड्रेसमा आएका युवाहरूले राजनीतिक दलका कार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने बताएका छन् ।
शान्तिपूर्ण प्रदर्शनको प्रतिबद्धता जनाउँदै सार्वजनिक सम्पत्ति नष्ट नगर्ने र सभ्य व्यवहार अपनाउने उनीहरूको भनाइ छ । सुरक्षा सतर्कता भने बढाइएको छ । यस्तै प्रदर्शन काठमाडौंबाहिर रुपन्देही, दाङ लगायत जिल्लाहरूमा पनि भइरहेको छ ।




















प्रतिक्रिया