Logo

प्रमुख समाचार

माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढ्यो जेनजीको जुलुस



काठमाडौं । सरकारद्वारा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध जेनजी (Gen Z) युवाहरूको नेतृत्वमा सुरु भएको प्रदर्शन माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेको छ।

राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरू “स्वतन्त्र आवाज हाम्रो अधिकार”, “भ्रष्टाचार रोक” लगायत नारा लगाउँदै जुलुसमा सहभागी भएका छन्।

सामाजिक सञ्जालमा लामो समयदेखि भ्रष्टाचार र अव्यवस्थाको विरोध गर्दै आएका युवाहरूले सञ्जाल बन्द गर्ने निर्णयपछि सडकमा ओर्लेका हुन्।

जुलुसले सडक ढाकेकाले सवारी आवागमन प्रभावित भएको छ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार ११:११   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।