काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र सरकार सामाजिक सञ्जालविरोधी नभएको स्पष्ट पारेका छन् । उनले सामाजिक सञ्जालमा देखिएका बेथिति र दुरुपयोगविरुद्ध मात्रै कदम चालिएको बताएका छन् ।
एमालेको दोस्रो विधान सभामा व्यक्त धारणा आज टिकटकमार्फत सार्वजनिक गर्दै, ओलीले Gen Z पुस्ता देशको कानुन बुझ्ने र मान्ने पुस्ता भएको उल्लेख गरे ।
जेनजी पुस्ताले देशको कानुन बुझ्ने उनले बताए । ‘आमरुपमा जेन्जी पुस्ताले बुझ्छ । देशको कानुनलाई मान्छ । त्यसकारण जेन्जी पुस्तालाई जसले भड्काउन खोजेका छन् । त्यो बेकारको कुरा हो’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी सामाजिक सञ्जालका विरोधी होइनौं । तर, बेथितिका विरोधी हौं । हेप्न खोज्नेहरुको विरोधी हौं ।’




















प्रतिक्रिया