Logo

समाचार

जनकपुर र विराटनगरमा पनि जेनजीको प्रदर्शन



काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जनकपुर र विराटनगरमा पनि प्रदर्शन भएको छ ।

देशैभर आन्दोलनको घोषणा गरेका नयाँ पुस्ताका युवा (जेनजी)हरुले जनकपुरमा पनि प्रदर्शन गरेका हुन् । स्वत:स्फूर्त रुपमा जम्मा भएर उनीहरुले प्रदर्शन गरिरहेका छन् ।

विराटनगरको संसारीमाइस्थान चोकबाट भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विराेधमा प्रदर्शन गरेका हुन् ।

जेनजीहरुले काठमाडौं, बुटवल दाङ, पोखरा, धनगढीलगायत देशका धेरै सहरहरूमा प्रदर्शन गरेका छन् ।

 

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १२:३७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।