Logo

प्रमुख समाचार

भाटभटेनीले भन्यो: आगजनीमा मृत्यु भएका व्यक्ति हाम्रा कर्मचारी होइनन्



काठमाडौं । काठमाडौं तथा धरानको भाटभटेनीमा मृत्यु भएका व्यक्तिहरू आफ्नो कर्मचारी नरहेको भाटभटेनी सुपरमार्केटले जनाएको छ ।

भाटभटेनीका विभिन्न स्टोरमा भएको आगजनीमा १० जनाको कंकाल फेला परेको थियो ।

भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा देशभरका भाटभटेनीमा आक्रमण हुँदा काठमाडौंको चुच्चेपाटीमा ६ जना र धरानमा ४ जनाको मानव कंकाल फेला परेको थियो ।

उनीहरू सबैको जलेर मृत्यु भएको छ र उनीहरूको शव चिन्न सकिने अवस्थामा छैन । कतिपय शवको कंकाल मात्रै फेला परेको छ ।

यसैबिच भाटभटेनीले आफ्ना सबै कर्मचारीहरू सुरक्षित रहेको जनाएको छ ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पनुदत्त पौडेलका अनुसार भाटभटेनीको भग्नावशेषमा फेला परेका कुनै पनि कंकाल कर्मचारीका होइनन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार २१:२०   :  बजे

189
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।