काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारद्वारा गठन गरिएको मन्त्रिपरिषदमा अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो वरीयतामा राखिएको छ ।
शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार तीन मन्त्रीलाई शपथ गराएपछि राष्ट्रपति कार्यालयबाट पठाइएको पत्रअनुसार खनाल मन्त्रिपरिषदको वरीयतामा पहिलो नम्बरमा छन् ।
दोस्रो वरीयतामा ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ रहेका छन् भने तेस्रो स्थानमा गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल छन् । बाँकी मन्त्रालयहरू भने प्रधानमन्त्री सुशीला कार्की मातहत रहनेछन्।






















प्रतिक्रिया