Logo

प्रमुख समाचार

सेनाको सुरक्षाबाट बाहिरिए ओली, शुक्रबार भव्य कार्यक्रमसहित केन्द्रीय कार्यालयमा उपस्थिति हुने तयारी



जेनजीको आन्दोलनपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाको सुरक्षामा बसेका एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् ।

जेनजी प्रदर्शनपछि भदौ २४ गते राजीनामा दिएर सेनाको ब्यारेकमा बसेका ओली बिहीबार त्यहाँबाट निस्किएका हुन् ।

सुरक्षा स्रोतका अनुसार ओली बिहीबार फर्किएका हुन् । बालकोटस्थित निजी निवास आन्दोलनकारीले जलाएपछि ओलीका लागि भक्तपुरको गुण्डुमा डेराको व्यवस्थापन गरिएको छ ।

संविधान दिवसको दिन शुक्रबार केन्द्रीय कार्यालय च्यासलमा गरिने कार्यक्रममा ओलीलाई उपस्थित गराउने तयारी एमालेको छ ।

नेता महेश बस्नेतले ओलीलाई भव्य कार्यक्रमसहित उपस्थित गराइने बताउँदै आएका थिए ।

ओलीनिकट स्रोतले पनि भोलि असोज ३ गतेको कार्यक्रममा उनी उपस्थित हुने जानकारी दियो ।

आन्दोलनकारीले एमालेको च्यासलस्थित केन्द्रीय कार्यालय तोडफोड र आगजनी गरेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार २०:१२   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।