Logo

अन्तर्राष्ट्रिय

रुसले हानेका ७१ ड्रोन खसालिएको युक्रेनको दाबी



युक्रेनी वायुसेनाले रुसले रातभर युक्रेनको राजधानी किएभमा ८६ ड्रोन प्रहार गरेको र तीमध्ये ७१ वटालाई खसालिएको दाबी गरेको छ।

युक्रेनभरि ६ स्थानमा १५ आक्रमण गरिएको बताइएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डिनिप्रो क्षेत्रमा दुई जना घाइते भएको बताएका छन्।

माथिको तस्बिर रोयटर्सबाट लिइएको हो, जसमा सहरको पश्चिमी भागमा अवस्थित सलियाभस्का मेट्रो स्टेसन र प्रेस अफ युक्रेन प्रिन्टवर्क नजिकै विस्फोट देखिएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार २१:२२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।