Logo

प्रमुख समाचार

नेप्सेको अन्तिम १५ मिनेटको औसत क्याब हट्यो, सेबनको निर्देशन



काठमाडौं । धितोपत्र बोर्ड (SEBON) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई अन्तिम १५ मिनेटको औसत मूल्य निर्धारण प्रणाली हटाउने निर्देशन दिएका छन्।

गत चैत ७ गतेदेखि लागू गरिएको यो अभ्यासप्रति लगानीकर्ताहरूबीच असन्तुष्टि बढेपछि धितोपत्र बोर्डले औपचारिक अध्ययन गर्ने निर्णय गरेको हो। बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठका अनुसार, उप-कार्यकारी निर्देशक दिपेश ताम्राकारको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेर विषयलाई अध्ययन सुरु गरिएको छ।

नेप्सेले बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म नियमित कारोबारका मूल्यलाई सूचीकृत सेयर संख्याले गुणन गरी परिसूचक निकाल्ने प्रचलन छ। तर, अपरान्ह ३ बजेदेखि भने स्वचालित प्रणालीमार्फत कारोबार भएका सेयर संख्याका आधारमा भारित औसत मूल्य निकाल्ने प्रावधान लागू गरिएको थियो।

विशेष गरी २:४५ देखि ३ बजेसम्म भएको कारोबारलाई आधार मानी स्वचालित प्रणालीले कम्पनीहरूको भारित औसत मूल्य निर्धारण गर्दै आएकोमा लगानीकर्ताले यसप्रति विमति जनाएका थिए। अब धितोपत्र बोर्डको निर्देशनअनुसार नेप्सेले यस प्रणालीलाई खारेज गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार १७:५८   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।