Logo

प्रमुख समाचार

एनआईसी एशियाका सूचना अधिकारीको खतरनाक ट्रीक : ‘बैंक छोड्ने धम्की दिँदै, प्रमोशन लिँदै’



काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख सूचना अधिकारी तथा सहायक सीइओ अर्जुनराज खनियाले बैंक छोड्ने धम्की दिँदै प्रमोशन लिँदै आएको तथ्य बाहिरिएको छ।

नियामक निकाय नेपाल राष्ट्र बैंकदेखि विभिन्न प्रशाशनिक कामहरु समेत आँफैले सम्हालिरहेकोले ‘म बिना बैंक चल्दैन’ भन्ने आशयका साथ उनले व्यवस्थापकीय नेतृत्वसँग प्रमोशनको बार्गेनिङ गर्दै आएको भेटिएको हो । बैंक स्रोतका अनुसार खनियाले जब जब बैंक अप्ठ्यारोमा हुन्छ सोहि परिस्थितिको फाईदा उठाउँदै नेतृत्वसँग बार्गेनिङ गर्दै आएका छन् । खनिया तिनै गर्छन् । जसका कारण पनि नेपाल राष्ट्र बैंकले एनआइसी एशिया बैंकका कयौं कमीकमजोरी उपर न त छानविन गर्छ न त कानुनी दायरामा ल्याएर कारवाहि गर्ने हिम्मत गर्छ।

एनआईसी एशिया बैंकको अवस्था केहि समययता अत्यन्त नाजुक छ। त्यसमाथि सिइओ रोशनकुमार न्यौपाने बैंकबाट राजिनामा बुझाएर बाहिरिएका छन् । उनको राजीनामासँगै उनी निकट रहेकी आरती खडका उनीसँगै राजीनामा दिएर बाहिरिसकेकी छन् भने उनी निकट रहेका सुमन थपलियालगायत केहि कर्मचारी राजीनामा दिने तयारीमा छन्। यस जटिल परिस्थितिको फाईदा उठाउँदै खनिया पुन: पदको बार्गेनिङ गर्न थालेको बैंक स्रोत बताउँछ।

स्रोत भन्छ,- ‘खनियाले  बैंकका कर्मचारी युनियनमार्फत् ‘सन्तोष राठीले बैंक चलाउन सक्दैनन्’ भन्ने हल्ला फिँजाएर आफ्नो दुनो सोझ्याईरहेका छन्। उनले राष्ट्र बैंकमा समेत उनी सीइओ बन्न योग्य छैनन् हल्ला गरेका रैछन्। अहिले फेरि राठी सीइओ बन्ने हो भने मलाई डेपुटी बनाउनुपर्छ नत्र मा बैंक छोड्छु भन्दै हिँडेका रैछन्, जुन सम्भव नै छैन। उनी बढुवा भएको बर्षदिन पनि भएको छैन।’

स्रोतका अनुसार पछिल्लो समय खनियाले बैंकको काममा भन्दा निजी काममै बढी समय दिने गरेका छन्। त्यसमाथि मिडिया व्यवस्थापनको जिम्मेवारी आँफूबाट खोसिएपछि उनी झनै रुष्ट छन्।

न्यौपानेको राजिनामापछि बैंकको नेतृत्व सन्तोषकुमार राठीले सम्हालिरहेका छन्। उनी आँफै सीइओ बन्छन् या बन्दैनन् । बोर्डले पत्याउँछ या पत्याउँदैन थाहा छैन। तर, खनिया भने आँफूलाई डेपुटी सीइओ बनाउनुपर्ने प्रस्ताव गर्न थालेका छन्। चाकडी चाप्लुसी एवम् महँगा रिसोर्टहरुको सयर गराएरै बैंकका कतिपय गैर कानुनी काम समेत राष्ट्र बैंकका कर्मचारीमार्फत गराएका खनिया अहिले तिनै कर्मचारीमार्फत् आँफूलाई डेपुटी सीइओ बनाउनुपर्ने, अन्यथा आँफू पनि बैंक छोड्ने प्रस्ताव बैंक नेतृत्वसम्म पुर्याईरहेका छन्। खनिया बैंकका तत्कालीन सीइओ न्यौपानेका विश्वासपात्र हुन्। उनले बैंक छोडेपछि खनिया पनि बैंक छोड्ने बिषय विभिन्न सरोकारवाला निकायसमक्ष गर्दै आएको पाईएको छ। न्यौपानेपछि बैंकभित्रका कर्मचारीले नै नरुचाउनेमा पर्छन् खनिया। कर्मचारीप्रति गर्ने तल्लो स्तरको ब्यवहारका कारण कर्मचारीले धमाधम बैंक छाड्न थालेका छन् ।

उक्त समयमा नेपाल राष्ट्र बैंक ब्यवस्थापनदेखि बैंकका आन्तरिक तथा बाह्य तनाव ब्यवस्थापन यवम् मिडिया ब्यवस्थापन गर्नेसम्मको दायित्व खनियालाई नै थियो । तर, आँफुले भनेअनुसारको समयमा प्रमोशन नभएपछि खनियाले उक्त जिम्मेवारी हात झिके। बिरामी भएको बहाना गर्दै लामो समय बिदामा बसे।

खनिया बिदामा बसेकै बेला एनआईसी बैंकको अवस्था अत्यन्त चिन्ताजनक रहेको बिषय एकपछि अर्को गदै बाहिर आउन थाल्यो, जसका कारण बैंक माथि चौतर्फी आक्रमण भयो, मिडियाले पनि बैंकका कमजोरी बाहिर ल्याएर जनतालाई सूसुचित गर्नेकाम गरेपछि संकटग्रस्त अबस्थामा पुगेको एनआइसी एशियाका ग्राहकले एकपछि अर्को गर्दै निक्षेप निकाले। उक्त समयमा बैंकबाट झन्डै ८४ अर्ब रुपैयाँ निक्षेप बाहिरियो।

एनआईसी एशिया बैंकमा नेपाल राष्ट्र बैंकको अत्यधिक दवाब बढेपछि तत्कालिन डेपुटी सीईओ सुधिरनाथ पाण्डेले राजीनामा दिएका थिए, उनले राजीनामा दिएको समाचार बाहिरिएपछि बैंकले ड्यामेज कन्ट्रोल गर्न केहिसमयका लागि राजीनामा अस्विकृत गर्‍यो । तर फागुन ९ गते बुधबार बसेको बैंक संचालक समिति बैठकले उनको राजीनामा स्विकृत गर्यो। सोहि अप्ठ्यारो अवस्थामा सिइओ न्यौपानेको विश्वासपात्रले समेत बैंक छाड्न लागेकोले आन्तरिक रुपमा एनआइसी एशिया बैंक कमजोर छ भन्ने देखाएर उनले सीइओ न्यौपानेसँग पदको बार्गेनिङ गरे। आफूले एनआईसी एसिया बैंक छोड्न लागेको र जागीर खोज्दै हिडेको हल्ला फिजाएर २ बर्ष नपुग्दै खनिया २०८१ साल बैशाख १४ मा एजिएमबाट प्रमोशन लिएर बैंकको एसीइओ बने। उनी हालसम्म पनि बैंकमै कार्यरत छन्, जागिर छोडेका छैनन्।

यस सम्बन्धमा बुझ्न हामीले खनियालाई पटक-पटक सम्पर्क गर्यौ तर उनी सम्पर्कमै आएनन्।

यो पनि 

बैंकको गाडी ‘म्याडमको सवारी’,- एनआईसी एशियाका उच्च पदस्थको निर्लज्ज लुट

एनआईसी बैंक नेतृत्व संकटमा: नियामकलाई खनियाको ब्रिफिङ- ‘राठीले सक्दैनन्, अर्कै सिईओ खोजौँ’

एनआईसी बैंक छोड्दै नायव प्रमुख सूचना अधिकारी अर्जुन खनिया

प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार १६:०२   :  बजे

582
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।