Logo

अर्थ

असार मसान्तदेखि इन्टरनेट बैंकिङ सेवा बन्द गर्दै राष्ट्रिय वाणिज्य बैंक, ‘डिजिटल संसार’ एप प्रयोग गर्न आग्रह



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आगामी असार मसान्तदेखि आफ्नो इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने भएको छ । बैंकले सूचना जारी गर्दै हाल इन्टरनेट बैंकिङमार्फत उपलब्ध सेवा बैंकको मोबाइल बैंकिङ ‘डिजिटल संसार’ बाट पनि सहज रूपमा प्राप्त गर्न सकिने भएकाले उक्त सेवा बन्द गर्न लागिएको जनाएको हो ।

बैंकका अनुसार २०८३ साल असार मसान्तदेखि इन्टरनेट बैंकिङ सेवा बन्द हुनेछ । हाल उक्त सेवा प्रयोग गरिरहेका ग्राहकलाई आवश्यक बैंकिङ सेवा निरन्तर रूपमा प्राप्त गर्न मोबाइल बैंकिङ ‘डिजिटल संसार’ प्रयोग गर्न आग्रह गरिएको छ।

यस निर्णयबाट ग्राहकहरूमा पर्न सक्ने असुविधाप्रति बैंकले हार्दिक क्षमायाचना गर्दै निरन्तर विश्वास र सहयोगका लागि ग्राहकहरूलाई धन्यवाद दिएको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार १५:१३   :  बजे

324
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।