काठमाडौं । सर्वोच्च अदालतले दुग्ध विकास संस्थानका तत्कालीन प्रबन्ध निर्देशक शत्रुघ्नप्रसाद साहलाई गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर गरेको छ ।
न्यायाधीशहरू विनोद शर्मा र शान्तिसिंह थापाको इजलासले साहलाई गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गर्ने विषय अदालतको फैसलालाई सदर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ वैशाखमा साह र उनकी पत्नी शुसिला कुमारी साहविरुद्ध करिब २ करोड ३८ लाख रुपैयाँबराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले २०७५ पुसमा साहलाई दोषी ठहर गर्दै ६८ लाख २४ हजार रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको थियो । अदालतले सोही अनुसार जरिवाना तथा ९ वर्ष कैद सजाय तोकेको थियो ।
साह दुग्ध विकास संस्थानमा प्राविधिक अधिकृतदेखि प्रबन्धकसम्मका विभिन्न पदमा कार्यरत रहँदै आएका थिए ।





















प्रतिक्रिया