Logo

अनलाइनपाना खोज

एनआईसी एशिया बैँकका रिकोभरी हेडलाई कर्मचारीको प्रश्न,-‘तिम्रा घरमा श्रीमती छैनन् ?’



काठमाडौँ । एनआईसीएशिया बैंक लिमिटेडको रिकोभरी डिपार्टमेन्टका कर्मचारीमाथि आतंक मच्चाइएको पाईएको छ । बैंकका सहायक सीइओ अर्जुनराज खनिया र रिकोभरी हेड सुमित गिरीले ‘एग्रेसिभ रिकोभरी’ को नाममा कर्मचारीमाथि आतंक सिर्जना गरिरहेका छन् ।

नेतृत्वको अदूरदर्शी निर्णयले जथाभावी बाँडिएका ऋण उठ्न नसक्दा बैंक खराव कर्जाको दलदलमा छ । आफ्नो गलत निर्णयको दोष कर्मचारीमाथि थोपर्दै सोहि ऋण उठाउन खनिया जुनियर कर्मचारीमाथि अनावश्यक दवाव दिँदै आएको भेटिएको हो ।
बैँक स्रोतका अनुसार खनिया विभिन्न बहाना बनाएर अघिकांश समय बैँक बाहिर नै हुन्छन् । तर जुनियर कर्मचारीलाई भने राती अबेरसम्म पनि काम गर्न बाध्य बनाएका छन् ।

त्यस्तै गिरीले खनियाको निर्देशनमा रिकोभरी डिपार्टमेन्टमा रहेका कर्मचारीलाई राती अवेरसम्म पनि काम लगाउने गरेका छन् । खनियाको दवावमा गिरीले कर्मचारीको संवेदनशीलता समेत नबुझी जबर्जस्ती अबेरसम्म काम गराउने गरेको तथ्य भेटिएको छ ।

रिकोभरी डिपार्टमेन्ट सहायक सीइओ खनियाको मातहतमा छ । त्यसो त खनिया र गिरीको अनावश्यक दवावकै कारण काम गर्न नसकेपछि बैंकका दर्जनौँ ईमानदार कर्मचारीले बैंक छोडिसकेका छन् भने केहि बैंक छोड्ने तयारीमा छन् । त्यसमाथि बैँकबाट सिईओ रोशन कुमार न्यौपानेले राजिनामा बुझाइसकेकाले उनी निकट रहेका केहि कर्मचारीमाथि समेत बायस भएर काम गराउन थालेकाले उनीहरु बाहिरिने तयारीमा रहेको बैंक स्रोत बताउँछ ।

बैँक स्रोतका अनुसार खनियाले आँफुले खर्च गरेका सबै बिल तत्काल पास गरिहाल्छन् । त्यसमा उनका पारिवारिक खर्च समेत हुन्छन् । तर, कर्मचारीका ओभरटाइमका बिल पास गर्न आग्रह गर्दा उल्टै कामको भएन भन्दै थर्काउने गरेका छन् । रिकोभरीका कर्मचारीप्रति गिरीले गरेको ज्यादती र उनैको निर्देशन भन्दै दिएको दवावबारे जानकारी गराउँदा उनले “मासु भात खान दिएको छ । त्यसै काम लगाएको छ र !” भन्ने अपमानजनक शब्द प्रयोग गर्ने गरेका छन् । त्यसमाथि रातभर काम गर्दा समेत खनियाले उल्टै- “काम गर्न नसके घरमै बस्नु नि, जागिर किन खानु ?” भन्ने धक्की दिँदै आएको बैंकका एक कर्मचारीबताउँछन् ।
उनी भन्छन्,- “खनिया सर यति नमिठो शब्द बोल्नुहुन्छ, उहाँको अन्डरमा बसेर काम गर्न निकै सकस हुन्छ । जागीर खाएपछि यो सबै सहनै पर्यो ।”

सोहि विभागका अर्का कर्मचारी भन्छन्,- ‘उक्त विभागको मूल लक्ष्य नै कर्मचारीलाई अबेरसम्म काम लगाउनु मानसिक पीडा दिनु हो । यतिसम्म कि सात महिना माथिको गर्भवती कर्मचारीलाई समेत जबरजस्ती रिकोभरी डिपार्टमेन्टमा ल्याएर काम लगाइ काम गर्न सकिनौँ भन्दै जागिरबाट निकाल्ने षड्यन्त्र गरिएको छ । दुधे बच्चा भएकी आमालाई समेत ‘नो च्वाइस’ मा राखी राती अबेर बजेसम्म काम गर्न बाध्य बनाईएको छ । यो कहाँसम्मको ज्याती हो ?” उनी प्रश्न गर्छन् ।

स्रोतका अनुसार बैंकभित्रका यी अमानवीय कार्यमा बैँकका तत्कालीन सीइओ न्यौपाने पूर्ण जानकार थिए । खनिया र गिरी दुबै न्यौपानेका अतिविश्वासपात्र मानिन्छन् । यीनीहरुले न्यौपानेलाई न्यौपानेले बोर्डलाई खुसी पार्न जुनियर कर्मचारीमाथि अनावश्यक याताना दिने गरेका छन् । यो उनीहरुको कार्यशैली हो । बोर्ड खुसी बनाउन खनिया र गिरीले कर्मचारीमाथि आतंक सिर्जना गरिरहेको कर्मचारीहरुको गुनासो छ ।

बैँक व्यवस्थापनले आक्रामक रुपमा सिस्टमभन्दा बाहिर गइ जथाभावी बाँडेका अघिकांस ऋण निष्क्रिय बनेका छन् । सोहि ऋणको प्रोभिजन बढेपछि बैँक ५.२ अर्ब घाटामा छ। ऋण उठाउन रिकोभरी विभागमाथि संचालक समितिको दवाव छ । सोहि दवाव थेग्न नसकेपछि खनियाले जुनियर कर्मचारीमाथि दोष थोपर्ने र राष्ट्र बैँक तथा कर्मचारी विनियमावली विपरीत गएर कर्मचारीमाथि मनपरी गर्दै आएका छन् ।

असारमसान्तसम्म टार्गेट मिट गर्नुपर्नेछ त्यसैले रिकोभरी डिपार्टमेन्टका कर्मचारीलाई ‘नो च्वाइस’ भन्दै खनियाले आधा रातसम्म पनि बस्न बाध्य पार्दै आएको कर्मचारीहरु बताउँछन् । सोहि विभागमा कार्यरत एक कर्मचारी भन्छन्, -‘सार्वजनिक बिदा तथा शनिबार समेत कार्यालयमा आउन उर्दी जारी गरिन्छ । यस विभागका कर्मचारीलाई आज आउन मिल्दैन भन्ने छुट छैन र कसैले यसो भन्ने गरेको सुनिदैन पनि । यति सम्म छ कि, हाजिरको समय हेर्लान् भनेर राष्ट्र बैंक र युनियनलाई इन- आउटको डाटा ट्रान्सफर गरेर देखाइन्छ ।’

उनका अनुसार राष्ट्र बैंकले रिकोभरी डिपार्टमेन्टमा भएको यस किसिमको बेतिथिका बिषयमा स्पष्टीकरण समेत माग गरेको छ । तर, नियामकको निर्देशन समेत वेवास्ता गर्दै उक्त बिषयलाई फाइनल रिपोर्टबाट हटाइएको छ ।

यस विभागमा काम गर्ने कर्मचारीलाई खनियासँगै गिरीले समेत `मासु भात खान दिएकै छौँ घर किन जानुपर्यो” भन्नेसम्मको आपत्तिजनक शब्द प्रयोग गर्दै आपमानित गर्ने गरेको उनीहरुको गुनासो छ । स्रोतका अनुसार यस डिपार्टमेन्टमा काम गर्ने महिला कर्मचारीका श्रीमानले खनियालाई टेलिफोन गरी, ’राती ९ बजे सम्म मेरो श्रीमतीलाई किन राखिस् ?’ तिम्रा घरमा श्रीमती छैनन् ? के तिमीहरु पनि रातभरी श्रीमतीलाई साहुको काममा पठाउँछौँ ? भन्दै प्रश्न समेत गर्ने गरेको र उनीहरुकै कारण परिवारमा दिनहुँ तनाव हुने गरेको गुनासो गर्ने गरेका छन् ।

उनीहरुका अनुसार खनिया भने कहिल्यै अबेरसम्म अफिसमा बस्दैनन् । आफू घरमै बसेर महिला कर्मचारीलाई समेत अबेरसम्म काम लगाउँछन् ।

नियमअनुसार सुपरभाईजरले असिस्टेन्ट मेनेजरलाई कामको निर्देशन दिने या कामको बाँडफाँड गर्ने गरिन्छ । तर, एनआईसी एशिया बैंकमा भने हाकिमसँग पहुँच भएका कर्मचारीले कुनै पनि कोड अफ कन्डक्ट नमान्ने र व्यवसायीकता र सँस्थागत सुशाशनलाई समेत मजाक बनाईरहेको स्रोत बताउँछ ।

यस सम्बन्धमा नियामक निकाय बेखबर छैन । राष्ट्र बैंकमा कर्मचारीका दर्जनौँ उजुरी तथा गुनासो दर्ज भएका छन्। तर खनियाले चाकडी र चाप्लुसी गरेर बनाएको पहुँचका अघि नियामक निकाय समेत मुकदर्शक बनिरहेको छ ।

यस सम्बन्धमा थप बुझ्न हामीले बैंकका सहायक सीइओ तथा प्रमुख सूचना अधिकारी खनियालाई सम्पर्क गरेका छौँ। तर, उनले प्रतिक्रिया दिन चाहेनन् ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार ०८:५२   :  बजे

4.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।